आर्थिक

प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले उद्देश्य मिल्ने अरु कम्पनीहरुसँग मर्जरमा जान संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

कम्पनीको चुक्तापूँजी ४ करोड १२ लाख रुपैयाँ छ । यस्तै अधिकृत पूँजी १० करोड र जारी पूँजी ८ करोड रुपैयाँ छ । कम्पनीले पूँजी बृद्धि गर्न हाल कायम रहेका संस्थापक शेयरधनीहरूलाई हकप्रद सेयर गर्न आह्वान गरेको प्रबन्ध निर्देशक बिमल तिवारीले जानकारी दिए ।

कम्पनी गत आर्थिक बर्षमा १ लाख १९ हजार ४ सय रुपैयाँ नोक्सानमा छ । सेयर बजारको खस्कदो अबस्थामा समेत ठूलो नोक्सानी हुनबाट कम्पनीलाई जोगाउन सकेको प्रबन्ध निर्देशक तिवारीले बताए ।

उनले कम्पनीको ग्राहक संख्या र आम्दानी बढ्दो क्रममा रहेको बताउँदै आगामी बर्ष बुटवल, नारायणगढ र जनकपुरलगायतका सहरमा शाखा विस्तार गर्ने जानकारी दिए ।