आर्थिक

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा उद्घाटन

पोखरा । सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् ।

उक्तशाखाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङ, सिभिल बैंकका अध्यक्ष इ. इच्छा राजतामाङ्ग, संचालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेश अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिवचोक शाखा गण्डकी प्रदेशको पोखरा शिवचोकमा स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गरे । “समृद्ध नेपाल, सुखी नेपाली”हुनका लागि बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरे ।