राजनीति

सहमहामन्त्री महतको सरकारलाई प्रश्न, टोखाबाट नुवाकोटसम्मको बाटो दुई करोडले कस्तो स्तरोन्नति हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा. प्रकाशशरण महतले सरकार जनता प्रती संवेदनशील नभएको आरोप लगाएका छन । संघीय राजधानी देखि नजिकैको जिल्ला नुवाकोटको बाटोघाटोको अवस्था हेर्दा सरकार जनता प्रती कति उत्तरदायी छ भनेर प्रष्ट बुझ्न सकिने कांग्रेस सहमहामन्त्री महतले बताए ।

नुवाकोटको चौघडामा लिखु गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री महतले बहुमतको स्थिर सरकार बनेको दुई बर्ष भैसक्दा पनि टोखा देखि नुवाकोट सम्मको बाटोको स्तरोन्नति नगरेको भन्दै आक्रोश ब्यक्त गरे ।

सहमहामन्त्री महतले सरकारले टोखा देखि नुवाकोट जाने बाटोको स्तरोन्नतिमा दुई करोड मात्रै छुट्याएको भन्दै दुई करोड पैसाले बाटोको कस्तो स्तरोन्नति हुन्छ भनेर सरकारलाई प्रश्न समेत गरे । चीन जोड्ने बाटोको हालत यस्तो छ अनेत्रको बाटो हालत झन के होला डाक्टर महतले भने । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सुशासनको मामिलामा उल्टो दिशामा हिडिरहेको भन्दै सरकारलाई सच्चिन पनि महतले सुझाए ।