राजनीति

विरोध गर्दा पार्टीमा विभाजनगर्न खोज्यो भनेर आरोप लगाउनुको कुनै औचित्य छैन: नेता सिंह

काठमाडौ । पूर्व अपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता पूर्व महामन्त्री प्रकाशमान सिंहले आजएक समारोह बीच नेपाली काँग्रेस, जिल्ला समितिको कार्यालय, काठमाडौंको सभा कक्षमा नेपालप्रजातन्त्र सेनानी संघ, काठमाडौं जिल्ला भेलाको समुद्घाटन गरे ।

प्रमुख अतिथि सिंहले उद्घाटन समारोहलाई संवोधन गर्दै ‘पार्टीले लामो आन्तरिक विवाद र वहशपछि सहमतिमा पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेको छ । पार्टीले अब सदस्यतानविकरण तथा नयाँ सदस्या वितरणको काम प्रारम्भ गर्छ । यस कार्यमा पार्टीका सवै स्थानीयपार्टी संगठन र भातृंस्था चनाखो भएर लाग्न जरूरी छ’ भने । उनले अगाडी भने, ‘पार्टी भित्र भएका वेथिति र विधान विपरितका कामको डटेर विरोध गर्दा पार्टीमा विभाजनगर्न खोज्यो भनेर आरोप लगाउनुको कुनै औचित्य छैन भन्दै पार्टी ढंगसंग चल्न नसकेको कारणकाँग्रेसले सडक र संसद दुवै मोर्चाबाट सरकारले गरेका भ्रष्टाचार र प्रजातन्त्र विरूद्धका कदमरोक्न जोडदार भूमिका निर्वाह गर्न नसकेको’ कुरामा जोड दिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीको उच्च भूमिकाको सम्मानबाट नै काँग्रेसको संगठन वलियो हुने र यसबाट प्रजातन्त्रलाई सुदृढ गर्न सघाउ पुग्ने कुरामा जोड दिंदै भेलाकोसफलताको कामना गरे ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति कृष्णसबुज वानियाले विशेषअतिथिको आशनबाट भेलालाई संवोधन गर्दै, ‘काठमाडौं काँग्रेसले सबै भातृ तथा शुभेच्छुकसंस्थाको संगठन सुदृढ़ीकरण यथोचित क्रियाशीलता दिइरहेको छ, पार्टीको गिर्दो साखलाई रोकेरछविलाई माथि उठाउन आउँदो
महाधिवेशनमा पार्टीका सबै निकाय र भातृसंस्थाको विशेषसजगता हुनुपर्ने’ जोड दिए ।

नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले भेलालाई संवोधन गर्दैनेपाली काँग्रेसमा विगतको लामो प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने योद्धाहरूको समुचितकदर हुन नसकेकोमा दुःख व्यक्त गरे।

नेपाली काँग्रेसका नेता लोकेश ढकालले कार्यक्रममा वोल्दै ‘पार्टीमा नीति, नारा र नेतृत्व तीनैविषय खराव भएकोले आउँदो १४ औं महाधिवेशनले तीनै
विषय परिवर्तन गर्न अरिहार्य भएको छ’ भने। उनले, ‘यसो गर्न नसके काँग्रेसले देशको प्रजातान्त्रित आन्दोलन चुनौतिसंग लडेर प्रजातन्त्रलाई सुदृढ़ वनाउन
सक्दैन भन्दै बीपीको विचार, गणेशमानको शाहस, किसुनजीको त्यागको भावनाकाँग्रेसको जीवनमा भर्न कार्यकर्ता पंक्ती डटेर लाग्नु पर्छ’ उनले जोड
दिए ।

नेपाल प्रजातन्त्र सेनानी संघ, काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रजातन्त्रका सेनानीगोविन्दप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भेलामा सेनानी संघका केन्द्रीय प्रवक्ता बालकृष्णदाहाल, संविधान सभा सदस्य दीपकप्रसाद कुँइकेल, नेपाल महिला संघ काठमाडौं जिल्लासभापति विष्णुदेवी पुडासैनी, प्रजातन्त्र सेनानी कमल शर्मा राई, नेपाली काँग्रेस, जिल्लाकार्यसमितिका सचिव शंकर मल्ल ठकुरी लगायतले भेलामा वोल्दै भेलाको सफलताको कामना गरेका थिए ।

भेलाले गोविन्दप्रसाद गजुरेलको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ जिल्लासमितिको गठन गर्नुको साथै संघको आउँदो महाधिवेशनको प्रतिनिधिको निर्विरोध रूपमा छनोटगर्दै समाप्त भएको थियो ।