अन्तर्राष्ट्रिय

चीनमा कोराना प्रकोपः मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो, ४ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाईरस चीनमा प्रकोपका रुपमा फैलिएको छ । चिनियाँ अधिकारीहरूहरुका अनुसार कोरोनाभाइरसका कारण आज (मंगलबार)सम्म १ सय ६ जनाको मृत्यु भएको छ ।

भने ४ हजार बढी सङ्क्रमित भएको बताएका छन् । चिकित्सकले त्यस्तो महामारिका रुपमा यस्लाई लिन नपर्ने बताएता पनी यो भाईरस संक्रमण्का कारण मर्ने र संक्रमित हुनेको  सङ्ख्या दिन– दिनै बढ्दै गएको छ ।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।

चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र (मङ्गलवार) आजसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमण फैलिएको छ । चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ ।

अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।

अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन् । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।