राजनीति

सुर्य थापाको प्रश्नः भिम रावलको सुरक्षामा अहिले पनि १८जना सुरक्षाकर्मी छन् कसरी सुरक्षा थ्रेट हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा नेता भिम रावललाई ज्यानमार्ने धम्की आएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । एक सञ्चारमाध्यम संगको कुराकानीमा  थापाले रक्षामन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्री भईसकेका व्यक्तीलाई ज्यानको कुनै जोखिम नभएको भन्दै प्रहरी नै तैनाथ गरेको बताए ।

उनले नेता रावलको कबिता तथ्यहिन भएकाले आफुले आलोचना मात्रै गरेको दाबी गरेका छन् । साथै उनले सरकारले प्रतिरक्षाको साटो सरकारको बदनाम गर्न नेता रावल तल्लिन भएको बताएका छन् । सरकारको राम्रा कामको पक्षमा र पार्टीको पक्षमा तर्कबहस गर्ने दायित्व रावलको पनि भएको भन्दै प्रमुख प्रतिपक्ष भन्दा चार कदम अगाडी बढी अनावस्यक हल्ला गर्दै सरकारको आलोचना गरेको उनको भनाई छ ।

नेता रावलले सरकारका अनेक काण्डको पर्दाफास गर्नुभएको छ नि भन्ने प्रश्नमा उनले रावललाई यो अधिकार कस्ले दियो भन्दै प्रश्न गरेका छन् । थापाले नेता रावलले आफुमात्रै साष्ट्रसेवक र अरु सबै राष्ट्रघाती भएको जस्तो प्रस्तुत हुनु तथ्यहिन भएको बताए ।

यस्तै भिम रावलको प्रसंसक बढेका छन् नि भन्ने प्रश्नमा थापाले रावलको अभिव्यक्तीले भोलीको निर्वाचनमा असर गर्ने चेतावनी दिएका छन् । रावलले बोलेका कुराहरु जनतामा प्रशारण गरिने भन्दै थापाले सरकार र पार्टीको बारेमा अहिले बोलेका कुरा जनतालाई सुनाईने र उनकै मतदातालाई दिगभ्रमित पार्नका लागि दुरुपयोग गरिनसक्ने बताए ।

त्यतिबेला उनलाई साथ दिन कोही नहुने उनको दाबी छ । थापाले देशभक्ति आफ्ना कर्मले, आफ्ना व्यवहारले, आफ्नो पौरखले, देशप्रतिको मायाममताले र देशप्रतिको इमान्दार सेवाभावले प्रकट हुने कुरा रावलले बुझन् जरुरी रहेको बताएका छन् । नेता रावलले एमसिसिको बिषयको बिरोध गरेको तर्क गर्दै एमसिसि शैन्य गठबन्धन नभएको दाबी गरेका छन् ।

चीनलाई घेरा हाल्ने, नेपालमा अमेरिकी सैनिक ल्याउनेजस्ता तथ्यहीन र मनगढन्ते कुरा उछालेर विषयान्तर किन गर्ने ? उनले प्रश्न गरेका छन् । भिम रावलले एमसिसि मुलुकका लागि खतरा भएको बताउनुहुन्छ भन्ने प्रश्नमा थापाले एमसिसि अन्तर्गत ४६ देशले अनुदान प्राप्त गरेको बताएका छन् । र यसमा कुनै सैन्य गठबन्धनको कुरा नभएको दाबी गदै चीनलाई घेराहाल्न एमसिसि आउँदैछ भन्नु गलत भएको बताएका छन् ।

एमसिसिको बारेमा भिम रावलले अनावश्यक टिका–टिप्पणी गरेको उनको आरोप छ । चीनसँग नाकाहरु खोल्ने, उत्तर–दक्षिण करिडोरहरु विस्तार गर्ने, बन्दरगाहसम्म जाने सुविधा ल्याउने, पारवहन सन्धि गर्ने काम राष्ट्रघात हो भने राष्ट्रवादको परिभाषा बदल्नुपर्ने उनको भनाई छ । रावलले सरकारले गल्ती गर्यो भनेर भ्रमको सिर्जना गरेको भन्दै उनले कामको सन्दर्भमामा सरकार जवाफदेही भएको बताए ।

साथै देशभक्तिको भावना प्रकट गर्ने रावल गृहमन्त्री हुँदा मुलुकको सिमा रक्षाका लागि कुनै चासो नदिएको उनको आरोप छ । उनले अहिलेको ओली सरकारले नै मुलुकको सिमा विवादलाई समाधान गर्ने दाबी गरेका छन् । थापाले बालुवाटार नेता रावलको दुस्मन बस्ने ठाँउ नभई प्रधानमन्त्री बस्ने ठाउँ भएकाले बालुवाटारबाट ज्यानमार्ने धम्की आयो भन्नु रावलले अपव्याख्या गरेको बताए ।

थापाले रावल सरकारलाई बदनाम गराउन हिँड्दा कसैलाई राष्ट्रवाद वा देशभक्त भएको लाग्नु मिथ्या भएको बताएका छन् । साथै नेता रावलले कुनै पनि विषय वस्तुलाई विषयान्तरण गर्न आवश्यक नरहेको बताए । यस्तै रावल अहिले निकै चर्चामा हुनुहुन्छ भन्ने प्रश्नमा यो सबै देन नेकपाको सरकारको भएको बताए ।

नेकपा र जनताका कारण कारण अहिले उनले यस्तो जिवन बेतिथी गर्न सामथ्र्य पाएको उनको दाबी छ । उनलाई खतरा छैन त भन्ने प्रश्नमा थापाले रावललाई सरकारले नै अहिले १८ जना सुरक्षाकर्मी उपलब्ध गराएको बताएका छन् । सरकारले सुरक्षाको पुर्ण प्रत्याभूति दिलाएको उनको दाबी छ । उनले भिम रावलमात्र होईन ३ करोडनेपाली जनतालाई सुक्षाको प्रतयाभुति दिन सरकार लागि परेको दाबी गरेका छन् ।