सामाजिक सञ्जाल

नेता पौडेलको प्रश्नः ओली सरकार अनावश्यक ठाउँमा किन कठोर बन्दै छ ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले गायीका आस्था राउतलाई थप ४ दिन हिरासतमा राख्ने भनि गरेको निर्णयको बिरोध गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेले बिरोध जनाएका छन् । गल्ती स्वीकार्नु सच्चिनु भएको र आस्थाले गल्ति स्वीकार गरिसकेपछि दण्डीत गर्न नर्पने बताएका छन् ।

साथै उनले राज्य संयमित हुनुपर्नेमा अनावस्यक ठाउँमा कठोर बन्दै गएको बताएका छन् । केहीदिन अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीलाई गाली गरेको भनि आस्थालाई पक्राउ आदेश दिएको थियो ।

आस्था हिँजो आफै प्रहरी समक्ष आत्मसर्मपन गर्न गएकी थिईन उनलाई अनुसन्धानका लागि भन्दै ४ दिन थुनामा राख्न आदेश दिईएको थियो ।

 

उनको ट्वीटरः गल्ती स्वीकार्नु सच्चिनु हो । आस्था राउतले गल्ती स्वीकार गरिसकेपछि थप दण्डित गरिरहनुपर्ने जरुरत थिएन । राज्य संयमित हुनुपर्नेमा किन अनावश्यक ठाँउमा कठोर शैलीमा प्रस्तुत भईरहेको छ ?