मनोरञ्जन

गायिका आस्था राउतको ४ दिन हिरासतमा बसाई

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवानमाथि दुर्व्यवहार गरेको आरोप पक्राउ परेका गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन् ।

केहि दिन अगाडी कास्की प्रहरीले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)ले कास्की फुटबल संघ (एन्फा) का अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपममा पक्राउ परेका थिए यसपछि उनी ६ हजार धरौटीमा रिहा भइसकेका छन् । तर त्यस्तै केसमा गायिका आस्था राउतलाई भने ४ दिन हिरासतमा राख्न अनुमति दिएका छन् ।