आर्थिक

महालक्ष्मी बैंक र नेपाल राष्ट्र बैंकबीच आर. टि. जि. एस प्रणालीसँग सम्झौंता

काठमाडौ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापश्चात ग्राहकहरुले ] (Real Time Gross Settlement(RTGS) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे ।

देशका १०२ वटा शाखाहरुबाट बैकिङ् सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्गलगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।