विचार/ब्लग

विदेशमा धेरै दिदी–बहिनी श्रम शोषण/यौन दुव्र्यवहारको चपेटामा

रजनी श्रेष्ठ / नेपालबाट बैदेशीक रोजगारमा जाने युवा युवतीहरु हजारौंको संख्यामा छन् । दैनिक युरोप, अमेरिका, अष्ट्रेलीया, क्यानडा लगायत खाडी मुलुक गरी बैदेशीक रोजगारमा जाने गरेका छन् । ५० लाख भन्दा बढी नेपालीहरु विदेशमा रहेको तथ्याँक सरोकारवाला व्यक्ती वा संस्थाहरुले सार्बजनिक गरेका छन् ।

स्कुलमा अध्ययन गर्दादेखी नै बाध्यताले धेरैजसो मनस्थितिमा बैदेशिक रोजगारमा जाने अवस्था बिकसित भएको देखिन्छ । युवा बर्गहरु विदेश गएर कलकारखाना, कृषि, सुपरमार्केट, क्यासिनो लगायतमा काम गर्ने गरेका छन् । कतिपय परिवारहरु वैदेशीक रोजगारमा गएपछि आफ्नो परिवारलाई सुखी राख्न सफल भएका उदाहरण दिन सफल छन् भने कतिपयको घरबारर बिग्रीएको पनि छ ।

योग्यता र क्षमताको प्रमाणपत्र काखीच्यापेर बस्नु बाहेक विकल्प नरहेको कारण आज दैनिक हजारौं युवा–युवतीहरु आफ्नो रहर, इच्छा, चाहना र परिवार अनि देशको माया मनको सन्दुकमा कैद गरी परदेश जान बाध्य हुनु पीँडादायी छ । बैदेशीक रोजगारमा जानु आफैंमा कुनै रहर नभएर नेपालीको एक बाध्यात्मक परिस्थिति हो ।

अध्ययन गर्न वा रोजगारी गर्न विदेश जानुपर्ने आफ्नो देशको यो अवस्थालाइ देखेर धेरै नेपाली दुःखी छन् । प्रायः प्रत्येक परिवाको एक सदस्य परिवारबाट टाढा परदेशमा रहनुपर्ने बाध्यता छ । पढेर डिग्री पास गरेको होस या सीपमा योग्यता हासिल गरेको सबैले वैदेशीक यात्रा रोज्नु खुशीको कुरा पनि होईन । योग्यता र क्षमताको प्रमाणपत्र काखीच्यापेर बस्नु बाहेक विकल्प नरहेको कारण आज दैनिक हजारौं युवा–युवतीहरु आफ्नो रहर, इच्छा, चाहना र परिवार अनि देशको माया मनको सन्दुकमा कैद गरी परदेश जान बाध्य हुनु पीँडादायी छ । बैदेशीक रोजगारमा जानु आफैंमा कुनै रहर नभएर नेपालीको एक बाध्यात्मक परिस्थिति हो ।

अनेक दुःख कष्ट पार गरी पढेर योग्यता हाँशिल पश्चात बाँच्न पुग्ने नोकरीको व्यवस्था नभएको र आफ्नो योग्यताको उचित कदर पाउनुको साटो सरकारी पहुँच र निकटताको आधार नोकरी दिइने प्रचलनका कारणले मुलुकका कतिपय ईमान्दार नागरिकमा बितृष्णा पैदा भएर पनि विदेशिने गरेका उदाहरण प्रशस्त छन् ।

संबिधानमा जनताका आधारभूतआवश्यक्ता पुरा गर्ने भनेर लेख्ने त सबै जनतालाई आधारभूत आवश्यक्ता पुरा गर्न ७५३ वटा स्थानीय तह, ७ वटै प्रदेश र केन्द्र सरकारले मिलेमतोमा विदेशमा मजदुरको लागि पठाउने, के हो  ? जनता र देश विरुद्ध सरकारको कति गद्धारी हो ।

नेपालमा केही गर्छु भन्ने मनोवलका साथ अगाडी बढ्न खोज्नेका लागि साथ सहयोग साटो खुट्टा तान्ने प्रवृतिका कारण पनि कतिपय बिरक्तीदै सफल हुन सक्तैनन् र वैदेशीक यात्रामा निस्कन्छन् । परम्परागत कृषिबाट मुश्किलले जिविकोपार्जन मात्र भएको छ भने व्यपार व्यावशायका लागि अनुभव र व्यावशारिक शिक्षा नहुँदा सफल हुन सक्दैनन् र पनि युवा युवतीहरुले आफ्नो रोजगारीको विकल्पको रुपमा पासपोर्ट बनाई विदेशतिरको बाटो तताउने गर्छन् ।

बैदेशिक रोजगारबाट भित्रिएको रेमिटान्सले नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुगेको सत्य हो, तर जुन नेपाली बैदेशिक रोजगारमा गएर आफ्ना रगत र पसिना विदेशी भुमिमा व्यतित गर्नुको पीँडा त्यो उसैलाईमात्र थाहा होला, हो पनि अचानाको चोट खुकुरीलाई के थाहा भनेको सत्य नै हो ? आफ्नो देशको उर्बर भूमी बाँझो राखी अर्काको देशको मरुभुमीमा चिहान खन्दाको असहाय पीँडा अकल्पनिय छ, कति छ कति । आफ्नो, श्रीमान/श्रीमती र छोराछोरी अनि आफन्त/साथीभाईलाई छाडेर वैदेशीक यात्रामा निस्कनुको पीँडा कति हो कति ।

प्राकृतिक सुन्दरताले भरिएको देश नेपालमा जन्मिएर पनि नेपालका कयौं दाजुभाइ–दिदीबहिनीहरु खाडीको ५० डिग्रीको तातो घाम सहेर १२ देखि १८ घण्टा काम गर्न बिवश छन् । धेरै दिदी बहिनीहरु श्रम शोषण र यौन दुव्र्यवहार जस्ता चपेटामा परेका समाचारहरु पढ्न पाईरहेको छ । दिनमा एक छाक खाना खाएर हजारौं दुःख कष्ट सहेर बाँच्नका लागि पैसासँग रगत र पसिना साटेर परिवार पाल्न बाध्य छन् ।

यसरी बैदेशिक रोजगारमा जाने तमाम युुवायूवतीहरुलाइ नेपालमै राजगारीको अवशर प्रदान गर्नु आवश्यक छ । नेपाल चीन र भारतजस्ता विश्वमा नै प्रभाव पार्नसक्ने दुई ठुला देश बिच रहेर पनि आफ्नो देशमा भएका खानी, कच्चापदार्थको उपयोग गरी उत्पादन बृद्धि गरी व्यापार व्यावशाय बढाउने र नेपालका श्रम र सीपको उचित सदुपयोग गर्न नसक्नु जुनसुकै राजनीतिक दलको भएपनि सरकारको लाचारी पन हो ।

अचानाको चोट खुकुरीलाई के थाहा भनेको सत्य नै हो ? आफ्नो देशको उर्बर भूमी बाँझो राखी अर्काको देशको मरुभुमीमा चिहान खन्दाको असहाय पीँडा अकल्पनिय छ, कति छ कति । आफ्नो, श्रीमान/श्रीमती र छोराछोरी अनि आफन्त/साथीभाईलाई छाडेर वैदेशीक यात्रामा निस्कनुको पीँडा कति हो कति ।

रोजगारी श्रजना गर्नका लागि सर्बप्रथम नेपालमा उद्योग कलकारखाना बृद्धि गर्नु जरुरी रहेको छ । कलकारखाना बृद्धि सँगै रोजगारीका अवशरहरु बढ्ने भएकाले दक्ष, अर्धदक्ष तथा अदक्ष कर्मचारीले बाँच्न सक्ने हिसावमा काम पाउने छन् । आफु खुशीले बाँचेपछिमात्र देशको माया जाग्छ, नेपालमै स्वरोजगार भै काम गर्न युवाहरु उत्प्रेरित हुन्छन् । मुलुकको विकासका लागि गन्तब्यको शुरुवात हुन्छ ।

उचित ज्ञान सीपको कमि र सैदान्तिक शिक्षाका कारण नेपालमा रोजगारीको अवसर श्रृजना हुन नसक्नु आफैंमा दुःखदायी छ । यसकारण कृषिमा आधुनिकरण गरी उत्पादन बढाउने र बैदेशिक रोजगारमा होइन बैदेशिक व्यापारमा उत्प्रेरित गर्नु जरुरी छ । सिंगो देशको अर्थतन्त्र सुनिश्चतताका लागि देखिएका कृषि, पर्यटनर रा हाईड्रोलाई विकास गर्नुपर्ने भएपनि त्यसको सही रुपमा सदुपयोगको मार्गमा सरकार गएको देखिदैन । जल, जमिन र जनशक्तीको उचित प्रयोग गरी नेपालमै सुलभ रोजगारीको अवसर प्रदान गर्न सकिने ठुलो सम्भावना छ । आजको आवश्यक्ता पनि बनेको छ । त्यसको उचित अनुसंधान गरी देश र जनताको भविष्य निर्माणका लागि कुनै पनि जिम्मेवार व्यक्र वा संस्था लागेको देखिँदैन । राजनीतिक दलका नेताहरु निर्बाचनका बेला भोट माग्न गाउँ गाउँ गएर जनतालाई झुटा आश्वासन दिनमात्र व्यत्तस्त देखिन्छन् भने योजना कार्यान्वयन र देशको भविष्यको लागि बाटो निर्माण गर्न अनुसँधान गर्न सक्ने अनुभवी कर्मचारीहरु राजाको काम कैलै जाला घाम भन्दै जागिर पकाउन कार्यालय आउने र जाने काममा मात्र व्यस्त देखिन्छन् ।

मुलुकमा निर्मला पन्त जस्ता अबोध बालीकालाई बलात्कार र हत्या गर्दा उननले न्याय पाउन सकिनन्, वाईड बडीजस्तो अर्बौंको भ्रष्टाचार हुँदा सरकार मुकदर्शक बनिरहेको छ, ३८ सय कुईन्टल सुन दिनदहाडै नेपालको एउटैमात्र अन्तर्राष्ट्रिय बिमानस्थलबाट तस्करी हुँदा पनि तस्करी गर्नेलाई कारबाही हुँदैन, प्रधानमन्त्री कार्यालय बसेको वालुवाटारको जग्गा नेकपाका महासचिवको नाम आउँदा सम्म उनलाई वा अरु तस्करीमा संलग्नलाई कारबाही हुँदैन ।

झनै गणतन्त्र आएपछि त स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार गरी मुलुकमा तीन तहका सरकार छन् । तीनै तहका सरकारमा भ्रष्टाचार, ढिलासुस्ती भएको भन्ने समाचार आईरहँदा जिम्मेवार व्यक्ती वा संस्थाहरु कानमा तेल हालेर बस्छन् वा कुनै सुनुवाई हुँदैन ।  मुलुकमा निर्मला पन्त जस्ता अबोध बालीकालाई बलात्कार र हत्या गर्दा उननले न्याय पाउन सकिनन्, वाईड बडीजस्तो अर्बौंको भ्रष्टाचार हुँदा सरकार मुकदर्शक बनिरहेको छ, ३८ सय कुईन्टल सुन दिनदहाडै नेपालको एउटैमात्र अन्तर्राष्ट्रिय बिमानस्थलबाट तस्करी हुँदा पनि तस्करी गर्नेलाई कारबाही हुँदैन, प्रधानमन्त्री कार्यालय बसेको वालुवाटारको जग्गा नेकपाका महासचिवको नाम आउँदा सम्म उनलाई वा अरु तस्करीमा संलग्नलाई कारबाही हुँदैन ।

यस्तो अवस्थामा कसरी विश्वास गर्नु सरकारको ? संबिधानमा जनताका आधारभूतआवश्यक्ता पुरा गर्ने भनेर लेख्ने त सबै जनतालाई आधारभूत आवश्यक्ता पुरा गर्न ७५३ वटा स्थानीय तह, ७ वटै प्रदेश र केन्द्र सरकारले मिलेमतोमा विदेशमा मजदुरको लागि पठाउने, के हो  ? जनता र देश विरुद्ध सरकारको कति गद्धारी हो । एउटा देशको माया गर्ने सामान्य सचेत नागरिकलाई दिक्क लागेको होला । जति दिक्क लागेपनि केही हुनेवाला छैन, अन्तिममा काँग्रेस, नेकपा, राप्रपा, राजपा, साझा पार्टी, संघीय समाजबादी सबै मिल्छन् । म ठोकुवा गरेर भन्छु, ठुला भ्रष्टाचारमा सबै उपललोस्तरका नेताहरुको मिलेमतो छ । हैन भने पछिललो अमेरिकन सहयोग एमसीसीमा हेरौं तसबै दलहरु एमसीसी नेपालका लागि बिना स्वार्थ अमेरिकाले दिने सहयोग हो भनिरहेका छन् ।

कसैले अर्बौं रकम दिँदा बिना स्वार्थ दिन्छ ? कुनै सहमतीपत्र पढ्न जरुरी ठान्दिन म । सबै राजनीतिक दलहरुले किन विदेश गएका नेपालीहरुलाई आफ्नै देशमा ल्याएर शान्त वातावरणमा काम गर्ने वातावरण बनाउन एकजुट हुन सक्दैनन् ? पठाउन भने एकजुट हुन्छन्, फाईदाका लागि हो । कतिपय मन्त्रीको आफ्नै म्यानपावर छन्, उनीहरुको व्यापार नै डुव्छ अनि के को बैदेशीक रोजगार बन्द गर्छन् । कुरा गरेर कहिलै सपिकन्न यस्तै हुन् । नेपालका नेपालीहरुलाई नेपालमै बस्ने वातावरण चाहियो अनि विदेश बस्ने नेपालीहरुलाई नेपाल फर्काउने वातावरण श्रृजना गर्न जरुरी छ भन्ने चैं सत्य हो ।

आफ्नै देशमा स्वतन्त्र भएर परिवार आफ्ना आफन्त संगै दःखसुख साटासाट बाच्नु सबैजनाको चाहना र अधिकार पनि हो, त्यसैले देशमै रोजगारीको अवसर खोजौं पासपोर्टलाइ रोजगारको विकल्प नबनाऊँ । जसरी बाँचिन्छआफ्नै देशमा बाँचौं ।