समाचार

नवनिर्वाचित सभामुख सापकोटाद्वारा शपथ ग्रहण लगत्तै सम्हाले आफ्नो कार्यभार

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएको हो ।

उनले पद तथा गोपनीयताको सपथ ग्रहण लगतै सिंहदरवारस्थित कार्यकक्षमा आफ्रनो कार्यभारग्रहण गरेका छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए। त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।