समाचार

मिडिया काउन्सिल विधेयक पारित हुन्छः सञ्चारमन्त्री बास्कोटा

काठमाडौं -राष्टियसभाको विधेयक व्यवस्थापन समितिको सोमबार बसको बैठकले आजै विधेयक पारित गर्ने निर्णय गरेको छ । बैठकले विधेकमा जारी गरिएको जरिमाना क्षतिपूर्ति र सजायको व्यवस्थालाइ हटाएर सहमतिमा नै विधेयक पारित गर्ने टुंगो लगाएको हो ।

समिति बैठकमा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयकमा जरिमानाको अंक तोक्नु गरिराख्नु आवश्यक नहुने बताएका थिए। सरकारले ल्याएको विधेयकमा यसअघि आमसञ्चार माध्यम, पत्रकार, प्रकाशकलाई काउन्सिलले २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिमाना गराउन सक्ने प्रावधान थियो।
विधेयकको यो प्रावधानको पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गरेका थिए।

विधेयकमा प्रेस काउन्सिलले आचारसंहिता उल्लंघनमा काउन्सिलले जरिमाना गर्न सक्ने र कारबाही गर्न जिल्ला अदालतमा सिफारिस गर्न सक्नेसम्मको प्रावधान थियो। तर ती प्रावधान सच्याइने भएको छ।