समाचार

तीन फरक फरक स्थानका एनसेल टावरमा आगजनी, विप्लव समुहले गरेको आशंका

काठमाण्डौ -मकवापुर, दोलखा, र सिन्धुलि जिल्लाको तीन स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ । सो घटना सोमबार बिहान करिब २ बजे तिर भएको हुनसक्ने मकवानपुर जिल्लाका प्रहरी परिक्षक सुशिलसिँह राठोरले बताएका छन् ।

आगजनीबाट भिमफेदी गाउँपालिका ६ र मनहरी गाँउपालिका ५ मा रहेको टावर सामान्य क्षति भएको जिल्ला प्रहरी परिक्षक राठोरले जानकारी दिएका छन् । त्यस्तै सिन्धुलीको मरीनगाँउपाललिका ७ मा रहेको टावर भने पूर्ण रुपमा ध्वस्त भएको जिल्ला प्रहरी प्रवता श्याम केसीले जानकारी दिए ।

घटनाकोछानविन सूरु भइसकेको छ । यस अघि पनि एनसेलको टावरमा पटक पटक अगजनी गरीसकेकाले यस पटक पनि विप्लव समूहले नैआगजनीगरेको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।