समाचार

आस्था राउतले प्रहरीमा आफै आत्मसर्मपण गरिन्ः प्रहरी प्रवक्ता बोगटी

काठमाडौं । गायीका आस्था राउत प्रहरीको सम्पर्कमा आएकी छिन् । बिमानस्थलमा प्रहरी महिलमाथि अभद्र व्यबहार गरेको भन्दै काठमाडौं जिल्ला प्रशासनले राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौं प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले आस्था आँफै आत्मसर्मपण गर्न आएको सुर्यखबरलाई जानकारी दिएका छन् । बोगटीका अनुसार उनी प्रहरी हिरासतमा आईसकेपछि कानुन बमोजिम कारबाहि हुन्छ ।

उनले एक कार्यक्रममा जाँदैगर्दा एयरपोर्टमा महिला प्रहरीले आफ्नो अपमान गरेको भन्दै सामाजिक ससञ्जाल फेसबुक मार्फत चर्काे आलोचना गरेकी थिईन् । पछि प्रहरीको अनुसन्धानका क्रममा आस्था आफै दोषी देखिएपछि पक्राउ गर्न पुर्जी जारी गरिएको थियो ।

आस्थालाई नभेटेपछि सम्पर्क बिहिन भएको भन्दै फरार सुचिमा परेकी थिईन् । उनि आज सोमबार बिहानमात्रै आफै महानगरिय प्रहरी परिसर टेकुमा उपस्थित भएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

थप कारबाहि अघि बढाउनका लागि उनका आपन्तलाई पनि बोर्लाएको उनले बताएका छन् ।