अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाईरस प्रकोप, ८० जनाले गुमाए ज्यान

एजेन्सी । कोरोना भाईरस ले चिनमा महामारीको रुप लिल्दै गएको छ । उक्त भाईरसका कारण अहिलेसम्म चिनमा ८० जनाले ज्यान गुमाइएसकेका छन् ।

चीनको हुवेई प्रान्तमा मात्र ७६ जनाको मृत्यु भएको छ भने अन्य प्रान्तका विभिन्न शहरमा थप ४ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

२ हजार ७ सय ४४ मानिस कोरोनाको संक्रमणपछि अस्पतालमा उपचारारत छन् भने झण्डै ६ हजार मानिसलाई संक्रमण भएको आशंका गरिएको छ । ३० हजार मानिसलाई प्रत्यक्ष निगरानीमा राखिएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मानिसबाट मानिसमा सर्ने यो भाइरस सबै भन्दा घातक मानिएको छ । अनेकौं प्रयासका बाबजुद कोरोनाको प्रकोप नियन्त्रणमा नआएपछि चीनका राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि राष्ट्रपति सीले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश गम्भीर परिस्थितिमा गुज्रिरहेकाले यसबाट बाहिर निस्कन भगिरथ प्रयत्न गरिरहेको जनाएका छन् ।

कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिए पनि संक्रमण रोकिएको छैन । बरु अझ फैलदै गएकोमा चीन सरकार चिन्तित बनेको हो ।

बीबीसीका अनुसार कोरोनाले महामारीको रुप लिँदै गएको तथा संसारभर फैलदै गएको छ । अहिलेसम्म दुई दर्जनभन्दा बढी देशमा कोरोना देखिएपछि संसारभर सतर्कता अपनाइएको छ ।

स्वास–प्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिँदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको हो ।