पु.समाचार

विवाद समाधानपछि पहिलो पटक कांग्रेस बैठक आज, महत्वपूर्ण निर्णय हुने संकेत

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस भित्रको लामो आन्तरिक विवाद टुंगिएसंगै पहिलो पल्ट आज केन्द्रिय समितिको बैठक बस्ने भएको छ । आज पटक–पटक बैठक बहिस्कार गदै आएको पौडेल पक्षले पनि सहभागिता जनाउने भएको छ ।

कांग्रेसको केन्द्रिय समिति बैठक आज सोमबार बस्दै छ । १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधन सहितको प्रस्ताव पेस गर्न केन्द्रिय समितिको बैठक बस्ने भएको कांग्रेसले जनाएको छ । यसअघि महाधिवेशनको कार्यतालिकालाइ लिएर कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको थियो र शीर्ष नेताहरुको बैठकले विवाद समाधान गरेको हो ।

२०७७ साल फागुन ७ गतेदेखी १० गते महाधिवेशन गर्ने मिति यथावत् राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमती भएपछि आज बस्नलागेको बैठकमा संशोधन कार्यतालिका पेश हुने छ ।

शुक्रबार बसेको शीर्ष नेताले बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्धय डा। शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो ।

कांग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भइरहेको एक नेताले बताए ।पुस ११ गतेको केन्द्रीय समिति बैठकले अर्को वर्ष मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो ।

२०७७ मंसिर ९ मा गाउँ/नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ÷नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, मंसिर १७ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, मंसिर २५ मा जिल्ला अधिवेशन, पौष १५ गते र फागुन ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ ।