समाचार

यस्तो छ आजको मौसम् ! बेलुका पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात

काठमाडौं । आज बिहानैदेखी काठमाडौं उपत्यका लगाएत पहाडी जिल्लाहरुमा बाक्लो हुस्सु तथा तराई जिल्लाहरुमा कुहिरो पुनः लाग्न थालेको छ । जसका कारण अत्यन्तै चिसो महसुश गरिएको छ हिजो देखीको हुस्सु आजपनी लागेको हो ।

मौसमवीदका अनुसार हुस्सु पातलो भएपनि कुहिरो भने बाक्लो मात्रामा लागेको छ । मौसमविद राजु प्रधानांगका अनुसार पहाडी इोत्रमा लागको हुस्सु घाम लागेसंगै हटेर दिउँसो पख घाम लग्ने सम्भावना छ । साथै यो बाहेक देशैभरको मौसम सामान्यतया सफा छ ,

यसैबिच केहि दिनदेखी बन्द भएको मुलुकका पहाडी, तराई क्षेत्रमा वर्षा र हिमपात फेरी हुनसक्ने मौसमविदको भनाई छ । नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज (सोमबार) दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ । ‘देशको पश्चिमी क्षेत्रमा बेलुकादेखि यसको प्रभाव सुरु हुने देखिन्छ,’ सोमबार बिहान मौसमविद् प्रधानांगले नेपालखबरसँग भने, ‘आज बेलुकालाई पश्चिमी क्षेत्रका केही स्थानमा मात्रै वर्षा र हिमपात गराउनेछ ।’

यो प्रणाली क्रमशः पूर्व सर्ने र भोलि मंगलबार मध्य क्षेत्रसम्म आइपुग्ने सम्भावना रहेको उनले बताए। उक्त प्रणालीका कारण मंगलबार काठमाडौंमा पनि पानी पर्न सक्ने उनको अनुमान छ ।

‘बुधबार भने यो देशभरि फैलिने देखिन्छ,’ मौसमविद् प्रधानांगले भने, ‘यो यसअघिको जत्तिकै शक्तिशाली त छैन तर देशभर वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ ।

मौमस पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार यस प्रणालीले बुधबारसम्म देशभर मौसम बदली गराउँदै विभिन्न स्थानमा वर्षा तथा हिमपात गराउने सम्भावना छ ।