खेलकुद

म्यानचेस्टर यूनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश

काठमाडौं । म्यानचेस्टर यूनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६(० गोल अन्तरले पराजित गर्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो ।

युनाइटेडको जितमा ह्यारी मागुएर, डिगो डालोट, जेसे लिंगार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासुन ग्रीनवुडले एक एक गोल गरे । रोभर्सविरुद्ध युनाइटेडले पहिलो हाफमै पाँच गोल गरेको थियो । खेलको १० औं मिनेटमा मागुएरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

१३ औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडको अग्रता २(० को बनाए । १६ औं मिनेटमा लिंगार्डले गोल गर्दा युनाइटेडको अग्रता तेब्बर बन्यो । खेलको ४१ औं मिनेटमा जोन्सले गोल गर्दै युनाइटेडलाई ४(० को अग्रता दिलाए ।

खेलको ४५ औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा ५(० ले अघि रह्यो । त्यसपछि खेलको ५६ औं मिनेटमा ग्रीनवुडले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए ।