अन्तर्राष्ट्रिय

अत्यधिक बर्षाका कारण ब्राजिलमा १४ को मृत्यु

एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार अरु सात जना घाइते भएका छन् भने २५ सय ९० जना विस्थापित भएका छन् । त्यसैगरी ९ सय ११ जनालाई अस्थायी शिविरमा राखिएको छ ।

ब्राजिलको राष्ट्रिय मौसम तथा जलवायुसम्बन्धी कार्यालयले मिनास गेरैस राज्यको राजधानी बेलो होराईजोन्टमा शुक्रबारको पछिल्लो २४ घण्टामा १७१।८ मिलिमिटर बर्षा भएको जनाएको छ ।

कार्यालयका अधिकारीहरुका अनुसार विगत ११० बर्षभरीमा बर्षासम्बन्धी यो विवरण अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।