खेलकुद

प्रथममेयर रनिङ्ग शिल्ड शिद्धार्थ माध्यमिक विद्यालयलाई

वीरगन्ज । प्रथममेयर रनिङ्गशिल्ड शिद्धार्थ माध्यमिक विद्यालयले जितेको छ । दुई दशक पछि वीरगन्जमा माघ ६ गतेदेखि सुरुभएको मेयरकप रनिङ्गकप प्रतियोगीता एक कार्यक्रमबिच बिजयी खेलाडिहरुलाई मेडल तथा शिल्ड बितरण गर्दै आज सम्पन्न भएको हो । वीरगन्ज महानगरपालिकाको आयोजनामा वीरगन्जको नारायणी रंगशालाखमा सुरुभएको प्रथम मेयर रनिङ्गकपका बिजयी खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सासद प्रतिप यादव , नगर प्रमुख बिजय कुमार सरावगी एकव कार्यक्रममा सहभागी अतिथिहरुले बितरण गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले लगभग दुइ दशकपछि वीरगन्ज महानगरपालिकाले सुरुगरेको विद्यालय स्तरिय उक्त प्रतियोगीताले खेलप्रेमि युवाहरुलाई उत्साहित बनाएको धारण व्यक्त गरे ।उनले खेल विद्याथीहरुको मान्सिक बिकासको लागी अनिवार्य बिषय भएको बताउदै महानगर पालिएकाले आयोजना गरेका मेयर रनिगं शिल्डप्रतियोगिताले विद्यालयका छात्र–छात्राहरु बिच नया उर्जा उत्पन्न गरेको बताए ।