समाचार

एन्फाका अध्यक्षलाई कुटेका सांसद मनाङ्गे ६ हजार धरौटीमा भए रिहा

पोखरा । फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका प्रदेशसभा सदस्य दिपक मनाङ्गेलाई ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गरेको थियो ।