राजनीति

काँग्रेसलाई धन्यबाद दिँदै सभामुख भन्छन्, ‘म पार्टीभन्दा बाहिर बसेर काम गर्छु’

काठमाडौं । आज सभामुखमा निर्बाचित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै नवनिर्बाचित सभामुख अग्नी प्रसाद सापकोटाले आफु सभामुखको गरिमालाई बुझेर कुनैपनि राजनीतिक दलको प्रतिनिधि भन्दा माथी उठी तटस्थ भएर काम गर्ने बताएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङको प्रस्ताव र देव गुरुङ, ओनसरी घर्तिमगर र राजापाका लक्ष्मणलाल कर्णको समर्थनमा सभामुखमा निर्बिरोध निर्बाचित भएका सापकोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेद्वारी नदिएर राम्रो राजनीतिक संस्कार बसाएको बताए ।

नेपाली काँग्रेसका तर्फबाट डा मीनेन्द्र रिजालले धन्यबाद दिँदै नवनिर्बाचित सभामुख सापकोटालाई नेकपाको प्रतिनिधिको रुपमा भन्दा सबैदलको साझा सभामुखको भुमिका निभाउन आग्रह गरेसंगै सापकोटाले सबैलाई समेटेर लैजाने दृढता व्यक्त गरेका हुन् ।