सूचना प्रविधि

डिशहोमले ल्याए विशेष च्यानल ‘Rhymes’

काठमाडौ । डिशहोम नेपालमा रहेको अग्रणी म्त्ज् सेवा प्रदायक कम्पन हो । जसले थुपै्र डिजिटल ज्म् च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ । चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुदहोस् या त्यो केहि सिक्नको लागिहोस् म्ष्कजज्यmभ ले आफ्नो विभिन्न च्यानलहरु मार्फत दर्शक वर्गहरुलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

यस्तै मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै डिशहोमले एउटा विशिष्ट च्यानल ‘Rhymes’ मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो ।

च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सक्नुहुनेछ । यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ ।

तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्चप्रदान गर्दछ । आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको म्ष्कजज्यmभ यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दैउत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ ।