समाचार

बीरगंजमा आगोलागी हुँदा दुई लाख बराबरको क्षति

पर्सा । जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१५ भेडियाही बस्ने लक्ष्मण साह कानु र निजको छोरा जयलाल साह कानुको जस्ता तथा बासले बनाएको घरमा आगो ताप्न बालेको आगोबाट आगोलागी भएको छ आगोलागी भएको खबर प्राप्त हुनासाथ यस का.तथा मातहत प्रहरी इकाईहरुबाट प्रहरी टोली खटि गई दमकल, स्थानीय र प्रहरीको सहयोगमा उक्त आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिए ।

उक्त आगलागीबाट अन्नपात,लत्ताकपडा र भाडा लगायतका सामानहरु जली दुई लाख बराबरको क्षति भएको र मानविय तथा चौपाया क्षेती नभएको प्रहरीले जानकारी दिए ।