समाचार

गाँजा/चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा । जिल्ला अदालतवाट २०७३/०११२ गतेको फैसलाले १ बर्ष कैद र ५ हजार जरीवाना पाएका लागु औषध गाँजा/चरेश मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा बिरुवागुठी २ सबैया हाल परिवर्तित पर्सागढी मण्डल राउतको छोरा प्रमोद राउत डोम पक्राउ परेका छन् ।

फरार प्रतिवादी पक्राउ गर्न गठन गरिएको प्रहरी टोलीले १० गते उनकै गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित पर्सा जिल्ला अदालतमा पठाईएको जानकारी दिए ।