समाचार

पोखरा विमानस्थलबाट गोली सहित एक जना पक्राउ

पोखरा – पोखरा विमानस्थलबाट गोली सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका ४० वर्षिय जितु शाही रहेको प्रहरीले खुलाएको छ । यति एअरको उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोलालाई एक्सरे मेशिनले चेकजाँच गर्दा २२ बिओआर राइफलमा प्रयोग हुने २९ राउन्ड गोली फेला परेको प्रहरीले उल्लेख गरेको छ ।