राजनीति

अग्नी साप्कोटा आज कन्फर्म सभामुख बन्छन् तर अदालतको फैसलाले के गर्ला ?

काठमाडौ । संसदमा सभामुखको लागि एक्ला उम्मेद्वार रहेका अग्नी प्रसाद सापकोटा बिरुद्धको रिटको सुनुवाई आज स्थगीत भएको छ । न्यायधीश हरि फुँयालले हेर्ने तोकिएको उक्त मुद्धामा कानून व्यावशायीका हैशियतमा फुायालले अर्को मुद्धा हेर्ने जिम्मा लिएको भेटिएपछि आजलाई उक्त मुद्धा सरेको छ । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा तत्काल अग्नी सापकोटाको सभामुख चयन बन्द गर्न भनी बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर गरिएको रिटको सुनुवाई सोमबारलाई सरेको छ ।

सञ्चारमन्त्री हुँदा कनकमणी दिक्षीत, शुसील प्याकुरेल लगायतले मानवअधिकार हनन भएका सापकोटालाई मन्त्री नबनाउन निबेदन हालेपनि उक्त मुद्धा अझैसम्म संसदीय समितिमा विचाराधिन छ। उक्त मुद्धाको फैसला नभएपनि काभ्रे प्रहरीले वारेन्ट जारी गरेको अवस्थामा सापकोटालाई कुनैपनि पदमा राख्दा दण्डहीनता थप बढ्ने माग थियो । आज साप्कोटा सभामुख बन्ने पक्का भएपनि सोमबार उनको बिषयमा हुने फैसलाले पछिल्लो मुलुकको राजनीतिक अवस्थालाई कता डोहोर्याउने भन्ने अन्योल देखिएको छ ।