समाचार

घरबाटै भन्सार जाँचपास गर्न सकिने मोबाइल एप कार्यन्वयनमा

काठमाडौं – मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ ।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍। युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरे ।

नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहनिर्देशक सुमन दाहालले जानकारी दिए ।

एन्ड्रयुईडको प्लेस्टोरमा उक्त एप उपलब्ध छ । भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शून्य बनाइ विभाग पूर्ण अटोमेसनमा गएको महानिर्देशक दाहालको भनाइ थियोे ।

नेपाली भन्साार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै दाहालले अब भन्सार हरेक नेपालीको गोजीमा पुगेको बताए ।

यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ । ड्यास बोर्डबाट अब प्रत्येक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।