सामाजिक सञ्जाल

हजारपटक भन्छु एमसीसी नेपालको हितमा छ, देशलाई मायागर्नेहरु एकजुट हुनुपर्छः अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसीसी नेपालको हितमा भएको आफुले हजारपटक भन्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै राजा महेन्द्रसंग जोड्दै राजा महेन्द्रले कम्युनिज्म गाडी चढेर आउँदैन भनेझै अहिले अमेरिकी प्रभावर स्वार्थ एमसिसीमा उडेर आउंदैन। प्रायोजित भ्रमबाट देशलाई मायागर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ, भनेका छन् । प्रायोजित भ्रमबाट देशलाई मायागर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ भन्दै उनले, ‘मन वचन र कर्मले देशलाई मायागर्ने राष्ट्रवादी भएको हुँदा एकपटक होइन,हजार पटक भन्न सक्छु कि एमसिसी नेपालको हितमा छ।अहिले एमसिसीको विरोधगर्नेहरु एमसिसी कार्यान्वयनमा आएपछी नाङ्गिने छन्।कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई वेवकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्, स्पष्ट हुनेछ ।’ भनेका छन् ।

उनको भनाई जस्ताको तस्तैः ६२/६३ को परिवर्तनको त्रुटिपूर्ण मार्गचित्र र अवधारणाको कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिको प्रतिस्पर्धास्थल बन्नसक्छ भन्ने राप्रपाको विश्लेषण अहिले सत्य सावित भैरहेको छ।एमसिसी प्रकरणमा देखिएको ध्रुविकरणरविवाद त्यसको ज्वलन्त उदाहरण हो।

विगतमा चिनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईया गरियो।त्यसबेला राजा महेन्द्रले कम्युनिज्म गाडी चढेर आउँदैन भनेझै अहिले अमेरिकी प्रभावर स्वार्थ एमसिसीमा उडेर आउंदैन। प्रायोजित भ्रमबाट देशलाई मायागर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ।

मन वचन र कर्मले देशलाई मायागर्ने राष्ट्रवादी भएको हुँदा एकपटक होइन, हजार पटक भन्न सक्छु कि एमसिसी नेपालको हितमा छ। अहिले एमसिसीको विरोधगर्नेहरु एमसिसी कार्यान्वयनमा आएपछी नाङ्गिने छन्।कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई वेवकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्,स्पष्ट हुनेछ।

एकथरी चिनिया सहयोग ‘बिआरआई’को बिरोधगर्ने,अर्काथरी अमेरिकी सहयोग ‘एमसिसी’को बिरोध। दुवै प्रवृत्ति गलत हुन।शितयुद्धकालिन बिश्व प्रतिस्पर्धामा राजा महेन्द्रले चिन, भारत, अमेरिका, रुस सबैको सहयोग लिएर नेपालमा बिकासको जग राखेका थिए, त्यस्तै दूरदर्शिता, साहस र राष्ट्रवादी सोचको अहिले खांचो छ।