समाचार

ट्याँकर चालकद्वारा इन्धन ढुवानी ठप्प, घाटा हुनेगरी कुनै सम्झौता नगर्ने निगमको स्पष्टोक्ती

काठमाडौ । दैनिक पाँच लाख आन्तरिक र बाह्य रुपमा आपुर्ति हुने हवाई आयलका चालकहरुले ८०० वटा ट्याँकरबाट आपूर्ति ठप्प पारेका छन् । आयल निगमले भने ट्याँकरबाट इन्धन आपूर्ति अतिआवश्यक सेवाभित्र पर्ने भएको हुँदा वार्ताबाट समाधान खोज्न ट्याँकर चालकहरुलाई आग्रह गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोईतले वार्ताबाट समाधान नखोजे चालकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

१२ १५ वटा ट्याँकरमा आयल निगमले तेल चोरी भएपछि कडा नियम ल्याउँदै चुहावट रोक्ने कार्य गरेको भएपनि चुहावट रोक्ने नियम फिर्ता गर्ने अब्यबाहारिक माग गर्दै वार्ताबाट बाहिर निस्किएको निगमले बताएको छ । शनिबारबाट ठप्प पारिएको ट्याँकर चालकको आपूर्ति ठप्प गर्ने कार्य केहीदिन लम्बिएमा त्रिमुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा तेल ठप्प हुनेहुंदा आयल निगमले निकाशको बाटो खोजेको आयल निगम स्रोतको दाबी छ ।

कार्यकारी निर्देशक सुरेन्द्र पौडेल डुबेको उदयपुर सिमेन्टलाईनाफामा लगेर सफल व्यवस्थापकको रुपमा परिचित भईसकेकाले आयल निगमलाई घाटा हुने कुनैपनि सम्झौता मान्न तयार नरहेको अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो सिफारिसमा नियुक्त कार्यकारी निर्देशकले ट्याँकर चालक त के जो कोहीले गरेको नाजायज माग मान्न तयार छैनन् । उनी क्षमतावान चार्टर्ड एकाउण्टेट पनि भएकोले कसरी निगमलाई फाईदा हुन्छ कसरी घाटा हुन्छ हिसावकिताव गरेर मात्र अगाडी बढ्ने आयल निगममा काम गर्ने उनी निकट कर्मचारी बताउँछन् । कार्यकारी निर्देशक पौडेल कर्मचारीलाई पनि ज्यादै माया गर्ने उनको तर्क छ।