पु.समाचार

नेविसंघमा हनुमान अटाउन ९ वटा महामन्त्री किन ९०० सय बनाए भैगो नि ?

अर्जुन बम/ के मा कुरा मिलाउछन् नेताहरु थाहा भएन। कर्यकर्ताको मन धमिलो बनाउँदै निर्णय गर्ने नेताको त कार्यकर्तालाई बिश्वास लाग्न सक्दैन भने कसरी जनताको मन जितिन्छ होला, प्रश्न चिन्ह खडा भएको छ ।

आदरणीय नेता ज्यु।

जय नेपालले सम्बोधन गरुँ कि चाकरी गरेर सम्बोधन गरुँ। तपाईहरुले पद पनि पाउनु भयो। राज्यको कार्यकारी पद प्रतिस्थापन पनि गर्नुभयो। हो तपाईहरुले देशको लागि ठूलो योगदान पनि दिनुभयो । त्यसमा तपाईलाई देशले पनि सम्मान गरेको छ। झन् हामी हनुमानले त न मान्ने वा उच्च सम्मान नगर्ने त कुरा नै भएन।

हजुरहरुलाई कसको चिन्ता लाग्छ ?

१ पार्टीको
२ जनताको
३ छोराछोरी, श्रीमती वा आफन्तको
४ आफ्नो
५ कि चाकरी गर्नेहरुको
६ ब्रिफकेस बुझाउनेहरुको ?
७. निर्बाचनमा सहयोग गर्ने डनहरुको

प्रजातान्त्रका लागि आवाज उठाउने मुलुकका लागि, योगदान गरेका, अनुभवी, घरमा पुग्न नसकेर कलेज क्याम्पस विद्यार्थीको मुद्दा उठाएर अहोरात्र खट्नेहरु के भागबण्डामा पर्लान त ? पर्लान् त ? प्रजातान्त्रिक विचारका लागि लड्दै गरेको काँग्रेसका लागि रगत बगाएका घाइते भएका नेताहरु ? तपाईंको चाकरी चाप्लुसीमा नलागेकाहरु, तपाईको घरमा नधाउनेहरु भागबण्डामा नेविसंघको टिममा न बेता बन्लान त ? बन्दैनन् किन कि उनीहरु तपाईंको घरमा सधैं आएका पनि छैनन्। उनीहरुसंग पैसा पनि धेरै छैन । उनीहरु ठेकेदार पनि होइनन्। कसैलाई ठग्न सक्दैनन्। उनीहरु प्रजातान्त्रिक परिपाटीका लागि लडिरहेका छन्। लडेका हुन्। आगामी दिनमा पनि आफूले सकेको योगदान दिन तयार छन्।

कस्ता बन्छन् भन्दा चुनावी माहोलदेखि डराउने अनि नेताको घर दैलो दैनिक धाउने । तपाईंका हनुमान बन्ने भए । तर हजुरहरु कति भ्रममा हुनुहुन्छ। जुन दिन तपाईंका हनुमानले पद पाउनेछ त्यो दिन प्रजातन्त्र बिक्रीमा हुनेछ । ती हनुमानहरुले न संगठन बनाउनेछन् , न तपाईंको बिश्वमा लड्ने छन् । कहाँ छ दाम कहाँ छ घाम उतै दगुर्नेछन्।

९ बर्ष देखि नभएको नेविसंघको चुनाब गराएर नयाँँ पुस्ता नेविसंघमा आस जगाइ दिएका थिए पुर्व अध्यक्ष रंन्जित कर्णले । तर, त्यसलाई केहि समयमै निराशमा परिणत गरे।

सबै हनुमानले र हनुमानका टाउकेले निर्वाचित कमिटीलाई राजिनामा दिन बाध्य बनाएका हनुमानका टाउकेले राजिनामा दिएको लगभग एक बर्षमा ल्याए । कहि नभएको जात्रा बनाएर आफ्ना हनुमान बनाउन ९ वटा महामन्त्री किन ९०० सय बनाएनि हुने । सबै हनुमान अट्थे कि ? कम्तिमा हनुमानका टाउके शान्तिपुर्ण सास फेर्न पाउने थिए कि ?