समाचार

झापा पुगेर अध्यक्ष मिश्रले भने, ‘एमसिसी मुलुकको हितमा छ, संसदबाट अनुमोदन हुनुपर्छ’

झापा । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् ।

झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा उनले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताए ।

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरे ।

नेकपा, नेपाली काँग्रेस लगायतका ठुला पार्टीले एमसीसीलाई राष्ट्हितमा भएके बताईरहेका बेला वैकल्पीक नेताका रुपमा उदाएका साझा पार्टीका संयोजकमिश्रले एमसीसी राष्ट्र हितमा भएको बताएका छन् ।