कृषि

किशानलाई सरकारले ढाँट्यो, पुरा गरेन सहमती, थाले उखु किसानले टायर बालेर आन्दोलन

सर्लाही । उखु किशानहरुसँग सरकारले गरेको सम्झौताअनुसार उद्योगीले रकम भुक्तानी नदिएपछि किशानहरुले सर्लाहीमा अन्नपूर्ण सुगर मिल अगाडी टायर बालेर बिरोध जनाएका छन् । भुक्तानी पाउनुपर्ने माग राखेर काठमाडौंको माईतीघर अँएका उखु किशानसँग सरकारले माघ ७ गतेभित्र रकम भुक्तानी दिलाउने उद्योगीलाई सहमती गराउँदै किशानलाई घर पठाएको थियो ।

किशानसँग सहमती भएपनि ४० करोड भन्दा बढी रकम भुक्तानी नहुँदा किशानका समस्या समाधान हुन सकेका छैनन् । किशानले उखु उत्पादन भन्दा अगाडी लिएको ऋणको ब्याज बढेको उनीहरुले आन्दोलनताका बताएका थिए ।

पुर्व सहमती अनुसार भुक्तानी नदिएपछि आन्दोलन गर्नुपर्ने बाध्यता भएको किशान रामशिलास यादबले बताएका छन् । किशानका समस्या समाधान नभए सरकारतर्फ ठुलो आन्दोलन हुनसक्ने किशानहरुले चेतावनी दिएका छन् । उनीहरुले सरकारले आफुहरुलाई सहमती पुरा गर्ने भनेर ढाँटेको आरोप लगाएका छन् ।