राजनीति

प्रकाशमानको अपीलः ‘बोल्ने/लेख्ने स्वतन्त्रता बन्द गर्ने षढ्यन्त्रकारी ओली सरकार बिरुद्ध उत्रिऔं’

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौंले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोलदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहले बर्तमान सरकारले प्रेसमाथि अंकुस लगाउने प्रयास गरिरहेको बताएका छन् । नागरिकको बोल्न लेख्न पाउने अधिकारमा समेत नियन्त्रण गर्न गरि आफ्नो तयारि अगाडि बढाएर नेकपा नेतृतवको केपी शर्मा ओली सरकारले गलत गरेको बताएका छन् ।

सरकारले प्रजातान्त्रिक अधिकारहरु सागुरो बनाउदै लोकतन्तत्र माथि समेत प्रहार गर्न खोजेको बताएका छन् । यतिबेला प्रेस जगत चनाखो भएर नागरिक को अभिब्यक्ती स्वतन्त्रताको रक्षाको लागि लाग्नु पर्ने बताउँदै लोकतन्त्रका मूल्य मान्यताहरु माथि नै प्रहार गरि बिस्तारै कम्युनिष्ट अधिनायक वादतर्फ सरकार उन्मुख रहेको उनको भनाइ रहेकोछ ।

नागरिक अधिकार माथि अंकुस लगाउने बिधेकहरु ल्याउन सरकार उद्यत रहेको भन्दै यतिबेला सरकारका अलोकतान्त्रिक कदमका बिरुदमा नागरिकलाई जागरुक बनाउन सम्पुर्ण प्रेस जगतको कलम केन्द्रित बनाउन समेत अफिल गरेका छन् ।

जनअधिकार रक्षाका लागि संचार जगतले फेरि पनि यकपटक पहरेदारी गर्न पर्नै बेला आएकाले नेपाल प्रेस युनियनलाई चनाखो हुन आग्रह गरेका छन् । कार्यक्रम बोल्दै रास्टि«य राजनीति कता जादैछ ? मुलुक कुन बाटोमा अघि बडिरहेको छ ? भन्नेतर्फ जानकार रहेका पत्रकार महोदयहरुलाई गम्भीरता पुर्बक लिन समेत आग्रहमा गरेका छन् ।

नेपाल प्रेस युनियनले खेलेको भुमिकाको आफू प्रशंसक रहेको भन्दै आगामी दिनमा पनि नागरिक माझ सत्यतत्थ सुचाना प्रसाणमा सफलता मिलोस भनि शुभकामना ब्यक्त गरेका छन् ।