समाचार

स्थानीय तहको समन्वय र अनुगमन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

स्याङ्जा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिकार भएन भन्नुभन्दा पनि प्राप्त अधिकारको सदुुपयोग गर्दै थप अधिकारको लागि लाग्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको रजत महोत्सवको अवसरमा स्याङ्जामा शुक्रबार आयोजित कार्यक्रमा अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने कार्यमा जिम्मेवारी रहेकाले आफ्नो क्षमताको प्रयोग गर्न आग्रह गेका हुन् ।

सङ्घमा नभई अधिकार स्थानीय तहमा हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले आवश्य ऐन नियम बनाएर परेका अप्ठेरालाई फुकाउँदै जाने पनि बताए ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अहिले प्रतिपक्षले सरकारले केही गरेन भनेर चलाएको हल्ला सही नभएको बताउँदै प्रत्यक्ष जनतासँग जोडिएका घटना र समस्याको सरकारले सम्बोधन गरिरहेको छ भने ।

मन्त्री अर्यालले जिल्ला समन्वय समितिलाई प्राप्त अधिकारको सहीरुपमा प्रयोग गर्न आग्रह गर्दै गुनासो गर्नुभन्दा पनि थप अधिकारको लागि लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष सीताकुमारी सुन्दासले जिल्ला समन्वय समितिलाई नाम मात्रैको बनाइएको गुनासो गरेका छन् । सुन्दासले भने “जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने भनिएको छ, तर स्रोत र साधनविहीन बनाइएको छ यो अवस्थामा कसरी काम गर्न सकिन्छ ।