अन्तर्राष्ट्रिय

खतरनाक कोरोना भाईरस: चीनमा गुमाए ४१ ले ज्यान

एजेन्सी । कोरोना भाईरस संसारभर खतरनाक रुपमा फैलदै गएको छ । यो भाईरसको संक्रमण विभिन्न मुलुकका व्यक्तिमा देखिन थालेको छ । ।

कोरोना भाइरसको संक्रमणका कारण चीनमा मर्नेको संख्या ४१ पुगेको छ । वुहान शहरमा शुक्रबार र आज (शनिबार) गरेर थप १५ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसले जनाएको छ ।

त्यस्तै कोराना भाइरसको संक्रमणमा परी बिरामी भएको संख्या पनि एक हजार दुई सय ८७ पुगेको छ । यही महामारीले चिनिया नागरिकहरुले नयाँ वर्षसमेत मनाउन नसकेको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरस प्रभावित प्रान्तमा सार्वजनिक यातायात बन्द गर्नुको साथै जमघट नगर्न पनि चीनले आग्रह गरेको छ ।

यस संक्रमणमा परेका बिरामीहरुलाई सही तरिकाले स्वास्थ्य जाँच गर्नका लागि चीनले एक हजार शय्याको अस्पताल बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

साथै विभिन्न मुलुकमा पनि यस्तो भाईरसबाट बच्नकालागि सुरक्षा सर्तकता अपनाउन थालीएको छ ।