आर्थिक

एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिशेयर आम्दानी ४६.६० रुपैंया कायम

काठमाडौ । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । वित्तीय विवरण सार्वजानिक गरेको छ।गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुनआम्दानी गतवर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराबकर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैया ँखुदब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षाअवधिमा लघुवित्तले १ अर्ब ३१ करोड निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँकर्जा लगानी गरेको छ ।

लघुवित्तको चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँपुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँपुगेको छ । एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँ लगानी रहेको लघुवित्तले यस अवधिमा खराबकर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झार्न सफल भएको छ ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानीअनुपात १७.१७ गुणा रहेको छ ।