राजनीति

काँग्रेसको आन्तरिक गुटबन्दी अन्त्य, कार्यकर्तामा उत्शाह, देउवा र पौडेल भए एकजुट, मिलाए सिटौलाले !

काठमाडौ । आज दिनभर बसेको नेपाली काँग्रेसका शीष नेताहरुको बैठकले १४ महाधिवेशन फागुण ७ गते गर्ने सहमती भएको छ । दिनभर छलफल भएपछि केन्द्रीय कार्यसमितिको म्याद १ बर्ष थप गर्ने, महाधिवेशनको कार्यतालीका र कार्यबिधी हेरफेर गर्ने, कृयाशील सदस्य छानविनका लागि केन्द्रीय सदस्य नरहरी आचार्यको संयोजकत्वमा बनेको समितिलाई मान्याता दिने, ६ महिनाका लागि नेविसंघको तदर्थ समिति बनाउने, नेविसंघमा आगामी अधिवेशनमा ३२ बर्षे उमेरहदलाई मान्यता दिने लगायतका बुंदाहरुमा सहमती भएपछि काँग्रेसको आन्तरिक असन्तुष्टी अन्त्य भएको छ ।

मंबिर १० गते सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय समितिको बहुमतले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिस्कार गरेकै अवस्थामा बिभिन्न राजनीतिक निर्णयहरु गरेपछि पौडेल पक्ष थप चिढिएको थियो । पौडेल पक्षको पानीबाराबारको अवस्थाका कारण झण्डै दुईमहिना पार्टीका महत्वपूर्ण कार्यहरु हुन सकेका थिएनन् ।

काँग्रेस एकपछि अर्को निर्बाचनमा कमजोर हुँदै गएका बेला आन्तरिक गुटबन्दी भएको भन्दै काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकले नेतृत्वको आलोचना गरेको समयमा पार्टीको आन्तरिक मिलन हुनु काँग्रेसका लागि राम्रो भएको विश्लेशकहरुको दाबी छ ।

आजको बैठक नेता कृष्ण प्रसाद सिटौलाले संयोजन गरेको र उक्त बैठकले गरेका सहमतीहरु १३ गतेको काँग्रेस बैठकमा महामन्त्री डा शसाँक कोईरालाले प्रस्ताव गर्ने र प्रस्तावलाई सर्बसम्मतीले पास गर्ने उपसभापति बिमलेन्द्र निधिले बताएका छन् ।

लामो समय प्रकाशमान सिंह, बिमलेन्द्र निधि, डा प्रकाश शरण महत, हृदयराम थानी, दिलेन्द्र प्रसाद बडु लगायतका नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई मिलाउन पटक पटक बैठक बसेका थिए ।