पत्रपत्रिका

बिवाह अगाडी दुर्घटनामा निधनपछि एक्लिएका प्रेमीले भने, ‘तिम्रो लागि रातो साडी किनेर ल्याइदिएको छु बुढी,कहाँ गयौ’ ?

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता पाँच दिन पछि हुने आफ्नो विवाहको तयारीमा आफैं लागेकी थिइन् । डेढ वर्ष अघि आफ्ना प्रेमीसंगै बस्दै आएकी रमितालाई माइतीले उनको विवाह स्वीकार गरेका थिएनन् । तर अहिले माइतीलाई पनि मनाएर धुमधामका साथ माघ १३ गते विवाह गर्ने निधो भएको थियो ।

दुवै परिवार खुसी भएपछि उनको खुसी झन दुइगुना भएका थियो । महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर विवाह गरेकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातिय ९बाहुन–क्षेत्री० सम्बन्ध भएकाले माइती पक्षले स्वीकार नगरेका हुन् ।

पाँच दिन पछि हुने आफ्नो विवाहका लागि साथीलाई कार्ड पुर्याउन हिडेकी उनलाई टिपरले ठक्कर दियो । उनी कहिल्यै नफर्कने गरी अस्ताइन् । महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेको उनको घण्टापछि नन्दले फोन गर्दा लागेन । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हो।

पाँच दिन पछि सिउँदोमा सिन्दुर भरेर आफ्नो घरमा औपचारीक रुपमा भित्र्याउने सपना बोकेका प्रकाशको सपना पनि भताभुगं भयो । प्रेमीकाको निधनले विक्षिप्त बनेका प्रकाशले सामाजिक सञ्जालमा निकै मार्मिक स्टाटस लेखेका छन् । उनले रमितासंग विताएका पलका तस्बिर सार्वजनिक गर्दै अब आफु पनि छिट्टै आउने लेखेका छन् । उनले लेखेका छन्, तेरो लागि रातो साडी पनि किनेको छु नी बुढि हाम्रो पर्सी विहे हो ।

कहाँ छस् छिटो आइज न प्लीज । एक चिप्टी सिन्दुरको लागि तैंले आफ्ना आफन्त सबैलाई छोडेर मलाई साथ दिइस् म संग आइस् तर अहिले मलाई बिच बाटोमा छोडेर किन गइस् ? अब यति लामो जिवनको वाटो म एक्लै कसरी हिड्नु ? कति सपनाहरु थिए किन धोका दिइन् ? तँलाई मैले पहिले नै भनेको थिए तलाई केही हुनु पहिला नै म रहन्न भनेर रु मलाई एक्लै किन छोडेर गइस् ? म एक्लै के गरुँ ? छिटो आइज न विवाह गरुँ । मैले ल्याइदिएको यो साडीमा तेरो सिउँदोमा सिन्दुर लगाइदिने सपना छ मेरो । म पनि छिट्टै आउँछु तँ संग बुढी । मलाई नभुलेस् है मलाई पर्खेर बसेस् । म पनि छिट्टै आउँछु तँ संगै चखेवाको जोडी जस्तै थियो हाम्रो माया अब एक गएपछि अर्को आफै आउँछ ।

यो पनिः आफ्नै बिहेको निम्तो साथीलाई बाँडेर फर्किदै गर्दा रमितको सडक दुर्घटनामा परि निधन !

दिनपछि उनको विवाह हुँदै थियो। घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो। आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुरको महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन्। रमिताले साथीहरुलाई निम्तो बाँडिन्, तर विवाह हुन पाएन।निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट निधन भएको खबर आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्टले लेखेकी छन्।

बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन्। उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर आएकी थिइन्। टेरसँगै बसिरहेकी उनलाई अन्तरजातिय (बाहुन–क्षेत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेको थिएन। अहिले माइती पक्ष पनि राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो। उनीहरुको माघ १३ गते विवाह हुने निश्चित भएको थियो।

रमिता दिउँसो २ बजेतिर साथीहरूलाई कार्ड दिन्छु भन्दै डेराबाट निस्केकी थिइन् । नन्द पार्वती टेर र आमाजू देवकी भट्टले बजार नजान भनेका थिए । आधा घण्टामै महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेकी थिइन्।आधा घण्टापछि पार्वती र देवकीले फोन गर्दा उनको मोबाइल अफ थियो । ‘हामीले प्रहरीलाई पनि यस विषयमा खबर गरेका थियौं,’ पार्वतीले भनिन्, ‘ढिलो गरी दुर्घटनाबारे खबर पायौं, अस्पतालमा पुगेर हेर्दा रमिता नै रहिछन्।’

रमिता क्याम्पसका साथीहरूलाई बिहेको कार्ड दिन गएकी थिइन् । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हो। टिपरको ठक्करबाट युवतीको निधनपछि महेन्द्रनगरको अवस्था त’नाव’ग्र’स्त बनेको छ । घटनापछि आ’क्रोशित स्थानीयले टिपरमाथि ढुं’गा प्र’हार गरेका छन् । ढुं’गा प्र’हा’रबाट ठक्कर दिने र अर्को एक गरी दुई टिपरमा क्षति पुगेको छ।

महेन्द्रनगरको भानु चोकमा अबेरसम्मै ढुं’गामु’ढा प्र’हार भइरहेको थियो । स्थानीयले भानु चोक नजिकै टा’यर बा’लेर प्रदर्शन गरिरहेका छन्।त’नाव’ग्र’स्त बनेको अवस्था नियन्त्रण गर्न प्रहरीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार घटना हुँदा फरार भएका टिपर चालकलाई पनि नियन्त्रणमा लिइएको छ। सुलभखबर