समाचार

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बस्ने

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काँग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।