पु.समाचार

सभामुख बन्ने पक्क भएका नेकपा नेता अग्नी साप्कोटालाई तत्काल पक्राउ गर्न मागसहित सर्बोच्चमा रिट

काठमाडौ । सभामुख बन्नै लागेका अग्नी साप्कोटालाई सभामुख बन्नुभन्दा अगाडी नै प्रकाउ गरि अनुसंधान गर्न बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्बोच्च अदालतमा रिट हालेका छन् । काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्धाको फैसला हुन बाँकी रहेको अवस्थामा उनलाई सभामुख नबनाउन माग गर्दै सर्बोच्च अदालतमा अधिवक्रा त्रिपाठीले रिट हालेका हुन् ।

नेकपाको निर्णयअनुसार साप्कोटाकोमात्र सभामुखको लागि उम्मेदवारी परेको छ भने सभामुखको निर्बाचन आईतबार हुने छ । काँग्रेसले उम्मेद्वारी नदिएको कारण सभामुखमा पक्का पकड जमाएका साप्कोटाको रिटमा सर्बोच्चले तत्कालका लागि भनेर आदेश दिएमा साप्कोटा सभामुख बन्न पाउने छैनन् । अन्यथा आईतबार हुने भनिएके निर्बाचनले उनलाई सभामुख बनाउने निश्चित छ ।