समाचार

हेटौंडाको बीच बजारमा वीरेन्द्रको शालीक भत्काएर ‘व्यापारिक टावर’ नबनाउन अध्यक्ष थापाको चेतावनी

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राज्यले ठूलो लगानी गरेको सभागृह र राजा बिरेन्द्रको शालिक भत्काएर व्यापारिक ‘भ्यु टावर’ नबनाउन सम्बन्धीतलाई आग्रहगरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजधानी त बन्यो तर हेटौंडामा एउटापनि राम्रो हस्पिटल छैन, एउटापनि सभागृह छैन। भ्युटावर पछि बनाउनु होला,पहिले सभागृह र हस्पिटल बनाऔं भन्दै हेटौंडामा स्तरीय हस्पिटल निर्माणमा ध्यानदिन हेटौंडा उपमहानगरलाई आग्रह गरेका छन् ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले व्यापारिक भ्युटावर बनाउनै पर्ने हो भने सभागृह र शालिक भत्काएर बजारको मध्यभागमा होईन, हेटौंडा उपमनपा भित्र पदमपोखरी, गौरीटार, हटिया वा हर्नामाडी तिर बनाउन उपयुक्त हुने सुझाव दिएका छन् । उनले दोहोर्याउँदै भनेका छन्, ‘भ्यू टावर भन्दा हस्पिटलको स्तरोन्नति पहिलो प्रथमिकता हुनुपर्छ ।’

हेटौंडाबाट राजनीति गर्ने अध्यक्ष थापा केन्द्रमा राम्रो प्रभाव पार्ने भएकाले हेटौंडा महानगरलाई उनको सुझावले राम्रै दबाब श्रृजना हुने अनुमान राजनीतिज्ञले लगाएका छन् ।राजसंस्था र हिनदु राज्यलाई आधार मनाउने राप्रपाका अध्यक्ष थापाको स्टाटसले वीरेन्द्रको शालीक नभत्काउन घुमाउरो पारामा चेतावनी समेत दिएको बुझ्न सकिन्छ । 

उनको स्टाटस्: १.राज्यले ठूलो लगानी गरेको सभागृह र राजा बिरेन्द्रको शालिक भत्काएर व्यापारिक भ्युटावर होइन हेटौंडामा स्तरीय हस्पिटल निर्माणमा ध्यानदिन हेउमनपालाई आग्रह छ। राजधानी त बन्यो तर हेटौंडामा एउटापनि राम्रो हस्पिटल छैन, एउटापनि सभागृह छैन। भ्युटावर पछि बनाउनु होला,पहिले सभागृह र हस्पिटल बनाऔं

२. व्यापारिक भ्युटावर बनाउनै पर्ने हो भने सभागृह र शालिक भत्काएर बजारको मध्यभागमा होईन, हेटौंडा उपमनपा भित्र पदमपोखरी, गौरीटार, हटिया वा हर्नामाडी तिर बनाउन उपयुक्त हुने सुझाव दिन चाहन्छु। तर, फेरि भन्छु हस्पिटलको स्तरोन्नति पहिलो प्रथमिकता हुनुपर्छ