पु.समाचार

जनताको अधिकारको रक्षा कांग्रेसले मात्रै गर्न सक्छः डा संग्रौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रिय सदस्य डिला संग्रौलाले मुलुकका जनताको अधिकारको रक्षा आफनो पार्टीले मात्रै गर्ने दाबी गरेकी छिन् ।  उनले सूचना प्रविधि विधेयकको बारेमा बोल्दै अभिव्यक्ति स्वतन्त्रता र जनताको मौलिक अधिकारको रक्षा कांग्रेसले मात्रै गर्ने ठोकुवा गरेकी हुन् ।

कांग्रेस मोरङ जिल्ला समितिले प्रदेसस्तरीय जनप्रतिनिधि सम्मान, अन्र्तक्रिया तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै संग्रौलाले प्रधानमन्त्री ओली नीतिगत भ्रष्टचारमा लिप्त रहेको आरोप पनि लगाएकी छिन् ।

महिलासंघ कि पुर्व केन्द्रिय अध्यक्ष समेत रहेकी नेतृ संग्रौलाले गोकर्ण रिर्साट प्रकरणले ओली भ्रष्टचारमा लिप्त भएको प्रमाणीत हुने बताएकी छिन् । साथै उनले ओलीको राष्ट्रबाद ढोंगी र खोक्रो रहेको बताईन ।

लिपुलेक, लिम्पियाधुरा, र कालापनीले ओलीको ढोंगि राष्ट्रबाट देखिएको उनको भनाई छ । संग्रौलाले मुलुकको रक्षा गर्ने एकमात्रै आफनो पार्टी कांग्रेस भएको दाबी गरेकी छिन् ।