राजनीति

कम्युनिस्टसंग काङ्ग्रेसले उपसभामुख भिख माग्दैन, काङ्ग्रेससंग विचार छः डा महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले ओली सरकारसंग कांग्रेसले उपसभामुख भिख नमाग्ने बताएका छन् । संविधानको व्यवस्था अनुसार विपक्षलाई उपसभामु जाने स्वभाविक भएकाले पनि कम्युनिष्ट पार्टीसंग उपसभामुख माग्ने आफनो पार्टीको कुनै कारण नभएको बताएका छन् ।

सङख्याको आधारमा पनि प्रतिपक्षको रुपमा अन्य दलको भन्दा कांग्रेसको सबैभन्दा धेरै सख्या भएकाले आफुहरुले स्वतः उपसभामुख पाउने व्यवस्था रहेको बताए । आज बिहान एक सञ्चारमाध्यम संगको कुराकानिमा नेता महतले यस्तो बताएका हुन् ।

महतले केन्द्रिय महाधिबेशन नहुनेमा कुनै संका र उपसंका नर्गन पनि पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले अधिवेसनबाटै कसरी नेतृत्व चएन गर्ने भन्ने विषयमा बैठकबाट सहमती भएको बताए ।

पार्टीभित्र रहेका हरेक बिबादमा गहिरो रुपमै विस्तृत छलफल भएकाले अब अगाडी कुनै अबरोध नहुने दाबी उनको छ । उनले पार्टीभिलाई घाटा हुनेगरी कुनैपनि व्यक्ति केन्द्रित नभएर विचार र पार्टी केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । नेता महतले ओली सरकारका गलत कार्यको बिरुद्ध एकजुट भएर बिरोध गर्नुपर्ने पनि बताएका छन् ।

साथै उनले प्रतिपक्ष कमजो र लथालिँग छ ? भन्ने प्रश्नमा त्यस्तो नभई पार्टीमा सहमतीका साथ अगाडी बढ्नुपर्छ भन्दा हरेक कुरामा ढिलो भएको बताएका छन् । उनले राष्ट्रियसभा निर्वाचनमा बहुमतको आधारमा हुने भएकाले आफुहरुसंग त्यो सख्या कम भएको कारण जिर्वाचनमा पराजय ब्यहोरेको बताएका छन् ।

यस्तै फरक प्रसंगमा नेता महतले एमसिसिको बारेमा नेकपाको सरकार आँफै धामी र झाँक्रि भएको बताएका छन् । उनले एमसिसिको सवालमा अमेरीकाको कुनै स्वार्थ नभएको दाबी गरेका छन् । साथै उक्त विषयमा अनावस्यक हल्ला मच्चाईएको उनको भनाई छ ।