आर्थिक

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्यमा हस्ताक्षर

काठमाडौं । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानीगर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु नेपालतर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवाल ले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाईथपलाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनिप्रदानगर्दै आईरहेको बैंकले जनाएको छ ।