राजनीति

राष्ट्रियसभा निर्वाचन: ऐतिहासिक लोकतान्त्रिक पार्टी कांग्रेस नील, को जिम्मेवार ?

काठमाडौं । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज भएको निर्वाचनमा सातै प्रदेशमा नेकपा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको गठबन्धन सबै सिटमा विजयी भएको छ । निर्वाचनमा समाजवादी र कांग्रेस गठवन्धन बनेपनि सातै प्रदेशमा पराजित भएका छन् । नेकपा र राजपाबीच गठबन्धनवाट नेकपाका १६ र राजपाका २ जना विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश-१ वाट नेकपाका इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । प्रदेश-२ वाट शेखरसिंह (राजपा), तुलसा दाहाल, मृगेन्द्र सिंह (राजपा) र राधेश्याम पासवान विजय भएका छन् । बागमती प्रदेशवाट गंगा बेल्वासे, डा. वेदुराम भुषाल, गण्डकी प्रदेश, नारायणकाजी श्रेष्ठ ‘प्रकाश” र भगवती न्यौपाने विजय भएका छन् ।

प्रदेश-५ वाट जगप्रसाद शर्मा ‘अपार’, गोपाल भट्टराई, बिमला घिमिरे र कर्णाली प्रदेशवाट माया प्रसाद शर्मा र सुमित्रा बिसी विजय भएका छन् । सुदूरपश्चिम प्रदेशवाट तारामान स्वाँर र शारदा भट्ट विजय भएका छन् ।