प्रदेश 2

राष्ट्रियसभाः प्रदेश २ बाट राजपाका मृगेन्द्र सिंह र शेखर सिंह निर्वाचित

जनकपुरधाम । राष्ट्रियसभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित  भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार पाँच हजार ४०० मत प्राप्त गरी उहाँ निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले चार हजार ५१२ मत प्राप्त गरेको थियो । सिंह सङ्घीय समाजवादी पार्टी र नेपाली काँगे्रसका संयुक्त उम्मेदवार हुन् ।

अल्पसंख्यक समूहबाट राजपाका शेखर सिंह निर्वाचित भएका छन् । ५ हजार ५ सय २ मतभारसहित निर्वाचित भएका सिंहले नेपाली कांग्रेसका भोला पन्जियारलाई पराजित गरे । पन्जियारले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।