कर्णाली प्रदेश

राष्ट्रियसभा सदस्य पदमा कर्णालीवाट नेकपाका आचार्य र बिसी विजयी

सुर्खेत । राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी भएकी छन् ।

आचार्यले तीन हजार ६१८ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले राससलाई जानकारी दिनुभयो । त्यसैगरी बिसीले तीन हजार ६८४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले एक हजार २६ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।

यो प्रदेशमा रिक्त दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १९८ मतदातामध्ये १९५ अर्थात् ९८.४८ प्रतिशतले मतदान गर्नुभएको थियो । तीमध्ये एकजना प्रदेशसभा सदस्यको मत बदर भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । (तस्बिर संलग्न छ) ।
–––