सुदूरपश्चिम

राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिमवाट नेकपाका शारदा भट्ट विजयी

डोटी । राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शारदा भट्ट विजयी भएकी छन् ।

उनले तीन हजार ७३८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले एक हजार ८५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । अन्य समूहका उम्मेदवारको मत गणना हुन बाँकी रहेको पनि उनले बताए ।