प्रदेश 1

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा अन्य पार्टीलाई पराजित गर्दै सबै नेकपाका उम्मेदवार विजय

विराटनगर । आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश १ बाट नेकपाका उम्मेदवार गोपी अच्छामी दलिततर्फका सदस्यमा, इन्दिरा गौतम महिला र देवेन्द्र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् ।

अच्छामीले ६ हजार ३ सय ३०, महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ र अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए ।